नियम ६७
फैसला र अन्तिम आदेश
(१ ) मुद्दाको सुनुवाई गर्दा सम्बन्धित पक्षको भनाई र कानून व्यवसायीहरूको बहस समाप्त भएपछि इजलासबाट सोही दिन निर्णय सुनाउनु पर्नेछ ।
तर इजलास समक्ष पेस भई छलफल भएको कुनै मुद्दामा मुद्दाको जटिलता समेतको कारणले उसै दिन निर्णय सुनाउन नसकिने अवस्था परेमा लिखितरूपमै फैसला सुनाउनका लागि इजलासले पन्ध्र दिनसम्मको तारिख तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्णय गर्दा राय किताबमा निर्णयको छोटकरी विवरण लेखी न्यायाधीशले दस्तखत गरी उपस्थित पक्षलाई सुनाई राय किताबमा सही समेत गराई राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम फैसला र अन्तिम आदेश भएको सामान्यतया सात दिनभित्र अनुसूची-५ को ढाँचामा तयार गरी मिसिल संलग्न गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम तयार गरिने फैसलामा निम्न कुराहरु उल्लेख गर्नु पर्नेछ:-
(क) पक्षविपक्षको दाबी तथा जिकिर, निर्णय गर्नु पर्ने विषय, दुवै पक्षका प्रमाणका कुराहरू, कानूनीप्रश्न (ख) साक्षीवा सर्जमिनको बकपत्रको सारांश, (ग) दुवैपक्षले तथ्य र कानून सम्बन्धमा उठाएका प्रश्नहरू, ३५ (घ) कानून व्यवसायीको बहसको मुख्य मुख्य बुँदाहरू,
(ङ फिरादपत्रवा प्रतिउत्तर पत्रवा निवेदनमा वा कानून व्यवसायीको बहसको क्रममा उल्लेखित नजिर वा कानूनी सिद्धान्त प्रस्तुत मुद्दामा लागू हुने वा नहुने के हो त्यसको स्पष्ट विश्लेण,
(च) कारणसहितको निर्णय र त्यसको आधार तथा तत्सम्बन्धी कानूनहरू,
(छ) अन्य आवश्यक कुराहरु ।